ज्येष्ठ नागरिक र पत्रकार सम्मानित

102

जेठ १४,
भक्तपुर । सूर्यविनायक नगरपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सूनपा–५ कटुञ्जेले आयोजना गरेको कार्यक्रममा यहाँका २१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले ११ पुरुषलाई दौरासुरुवाल, दोसल्ला, ढाका टोपी र हर्लिक्स तथा १० महिलालाई धोती, चोलो, दोसल्ला, हर्लिक्स वितरण गरिनाका साथै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका समावेशी सचिव अमर भुजुलाई सम्मान गरिएको थियो । सो क्रममा नगर प्रमुख थापाले जनप्रतिनिधि आएको एक वर्षको अन्तरालमा ९० प्रतिशत विकास निर्माणको काम सम्पन्न भएको जिकिर गर्नुभयो । नगर कार्यपालिका सदस्य दीपक विशंखे, नगरपालिकाका सदस्य मनोज थापा र वडा नं ५ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति राजकुमार जोशीले जनप्रतिनिधि आएपछि नगरपालिकाको विकासमा फड्को मारिएको बताउनुभयो ।