Saturday, October 3, 2026
Home समाचार आठ सयभन्दा बढीको कैद मिनाहा

आठ सयभन्दा बढीको कैद मिनाहा

103

जेठ १४,
सरकारले यस वर्षको गणतन्त्र दिवसमा ८ सयभन्दा बढी कैदी–बन्दीको कैद मिनाहा गर्ने भएको छ। कैद मिनाहाका लागि सरकारसमक्ष नाम सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले बताए
सरकारले प्रत्येक वर्ष विशेष अवसरमा कानुनअनुसार कैद मिनाहा गर्न मिल्ने कैदी–बन्दीको कैद मिनाहा गरी उनीहरूलाई छाड्दै आएको छ। विभागका अनुसार अहिलेसम्म देशभरिका कारागारमा २० हजार ८ सय १५ कैदी–बन्दी रहँदै आएका छन्। यसमध्ये पुरुष १८ हजार ३ सय ३६, महिला १ हजार ३ सय २७, विदेशी १ हजार ६९ र बालबालिका २ सय ५८ जनाले कैद भुक्तान गरिरहेका छन्। यस्तै काभ्रेपलाञ्चोकमा २० जना र लमजुङमा २ जना मानसिक बिरामी कैदीबन्दी रहेका छन्। अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालयलगायतले कारागारमा थुनुवा वा कैदी पठाउन सक्ने व्यवस्था छ। सरकारले सुधारगृहका जेलहरूको स्तरोन्नति गरी विभिन्न सीपमूलक तालिम दिने भने पनि कार्यान्वयन हुन सकेको छैन ।