अछाममा राजनितिक दलहरु दलहरु गाँउ गाँउमा

301

लालबहादुर विक
पुष १३,
अछाम । अछामका प्रमुख ३ राजनीतिक दलहरु गाँउ केन्द्रित भएका छन । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले पार्टी प्रशिक्षण, कार्यकर्ता भेटघाट तथा संगठन निर्माण लगायतका अभियान लिएर गाँउ गाँउमा कार्यक्रम सञ्चालन गरिरहेका छन । नेकपा एमाले जिल्ला कमिटी अछामले २ महिना अगि कार्तिक २४ गतेदेखी ४ महिने अभियान सञ्चालन गरेर टोल स्तर सम्म अभियान गरिरहेको छ । राष्टिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यान्वयनका लागि नेकपा एमालेको अभियान भन्ने मुल नारा सहित अभियान चालिएको पुर्ब सभासद तथा एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुवरले बताए । यो अभियानले संविधानको कार्यान्वयनका लागि दवाव दिने, संविधानमा भएका मुख्य विषय र राम्रा पक्षको जनतालाई जाँनकारी गराँउने, पार्टीका आन्तरीक कुरा ब्यावस्थापन तथा सुदृढिकरण गर्ने, सद्भाव कायम गर्ने, एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्ने, स्थानिय निर्वाचनका लागि दवाव दिने र सामाजिक एकता र सदभाव खल्वल्याँउनेका बिरुद्ध भण्डाफोर गर्ने कुवँरले जानकारी दिए । यस्तै, नेकपा माओवादी केन्द्रले पनि आफ्नो अभियान लाई गाँउ केन्द्रित गरेको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक साउदका अनुसार पाटी सदृढिकरणका साथसाथै सरकारले गरिरहेका राम्रा र जनपक्षिय कामको प्रचार, जनताको सरकार कार्यक्रमवारे जाँनकारी, संविधान कार्यान्वयन र विकास निर्माणबारे छलफल चलाँउन पार्टीका सबै तहका नेताहरु गाँउ केन्द्रित भएका छन । पार्टीमा यस अगि रहेको अन्यौलतालाई हटाउने र संगठन निर्माण गर्ने तथा नयाँ जागरण पैदा गर्नका लागि मुख्य रुपमा पार्टी जिल्ला र गाँउ केन्द्रित भएको साउदको भनाई छ । यहि पुष १५ गते जिल्ला पार्टीको भेला गरेर थप रणनीतिहरु तय गरि अगि बढ्ने योजना सहित नेताहरु अछाम केन्द्रित भएका उनको भनाई छ । यस्तै, नेपाली काँग्रेस अछामले पार्टी संगठनको अभियानलाई द्रुत गतिमा अगि बढाएको जनाएको छ । बिभिन्न गाँउ तथा नगर वडाहरुमा कार्यकर्ता भेटघाट कार्यक्रम चलिरहेको काँग्रेस अछामका सह सचिव तथा प्रवक्ता बेदप्रकाश तिमिल्सेनाले जानकारी दिए ।
संविधान कार्यान्वयन, विकास निर्माण र समसामयिक विषयमा १३ औं महाँदिवेशन पछि निरन्तर गतिविधी भईरहेको र पछिल्लो यो अभियान कुप्रथा बिरुद्ध र सदभावको पक्षमा भएको उनको भनाई छ ।