महेन्द्रनगरमा बम विस्फोट

233
सांकेतिक तस्विर

जेठ १३,
कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा आइतबार बिहान बम विस्फोट भएको छ। भानु पार्टी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा बिहान बम विस्फोट भएको हो। विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। विष्फोट भएको पसल कैलाश सुनारको रहेको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।