Saturday, October 17, 2026
Home स्वास्थ्य दाङमा झाडा पखालाका बिरामीको संख्या ४५० पुग्यो

दाङमा झाडा पखालाका बिरामीको संख्या ४५० पुग्यो

259

जेठ १३,
दाङ । शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको प्रकोप सामान्य अवस्थामा पुगेको छ। शुक्रवारदेखि शुरु भएको झाडा पखाला आइतवार बिहान देखि केहि सामान्य अवस्थामा पुगेको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए। आइतवार मात्रै ३० जना नयाँ विरामी उपचारका लागि आएका छन्। शनिवार ४ सय १९ जनालाई उपचार गरिएको थियो। शान्तिनगर गाउँपालिका ३ चिराघाट क्षेत्रमा शुक्रवार राती देखि देखिएको झाडापखालाको महामारी नियन्त्र हुन नसके पछि शनिवार राती विशेषज्ञ सहितको राप्ती अञ्चल अस्पतालको चिकित्सको टोली, नेपाली सेनाको १९ नं बाहिनीको चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अहिले गाउँपालिकाको स्वास्थ्य शाखाका १० जनाको टोली र नेपाली सेनाको ८ जनाको चिकित्सको टोली प्रभावित क्षेत्रमै बसेर स्वास्थ्य सेवा दिइरहेको छ। शनिवार भन्दा अवस्था सामान्य भएको पुनले जानकारी दिए। शान्तिनगरको ३ वटा गाउँमा भएको झाडापखाला प्रकोपले अहिले ४ सय ५० जना बढि बिरामी परेका छन्। त्यसमा २५ प्रतिशत विरामीहरुमा पुन झाडा पखाला दोहोरिएको प्रमुख पुनले बताए। अवस्था समान्य तिर जादै गर्दा निको नभएर दोहोरिनेको संख्या २५ प्रतिशत पुगेको छ। उनीहरुलाई तेस्रो चरणको उपचार गरिरहेका छौ। विरामीहरु मध्ये २ सय जना गम्भिर अवस्थाका र उनीहरुमा जलविनियोजनको लक्ष्यण देखिएको छ। उनले भने। माइलीपानी मुहानको पानी र खोलामा भएको धमिलो पानी खादा गाउँहरुमा झाडापखालाको प्रकोप फैलिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगीले बताए। शान्तीनगर गाउँपालिका–३ चिराघाट, पातेटाकुरा बयालेलगायतका क्षेत्रमा झाडापखालाको प्रकोप फैलिरहेको छ। उनीहरुको शान्तिनगर स्वास्थ्य चौकी र राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको शान्तिनगर गाउँपालिकाकाले बताएको छ।