जेठ १२,
काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष खुल्लामा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष महिलामा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष सेवामा लीलानाथ चौलागार्इं, उपाध्यक्ष उत्पादनमा वीरेन्द्रबहादुर लामा, उपाध्यक्ष अनौपचारिकमा कुमारप्रसाद पौडेल र सचिवमा राजेश हुमागाई निर्वाचित भएका छन् । यसैगरी सहसचिव खुल्लामा प्रकाश दाहाल, सहसचिव महिलामा उर्मिला कार्की, सहसचिव सेवामा तुलसीप्रसाद अधिकारी, सहसचिव उत्पादनमा नरेन्द्र मानन्धर, सहसचिव अनौपचारिक मा भरतप्रसाद अधिकारी र सहकोषाध्यक्षमा तारा भण्डारी विजयी भएका छन् । कोषाध्यक्ष विश्वहरि घिमिरे भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै सदस्यमा नरेन्द्र विष्ट, बाबुराम भुसाल, रामकुमार बस्नेत, शोभा भण्डारी, सरला पुडासैनी, हरिमाया पोखरेल, मीना तामाङ, ईश्वर गिरी, पुरुषोत्तम पराजुली, माधव पौडेल, उदयबहादुर लामा, प्रभा जोशी र ऋषिराम गिरी निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष कार्कीले श्रमिकलाई सामाजिक सुरक्षा योजना, स्वास्थ्य बीमा, दुर्घटना बीमा तथा मातृत्व संरक्षणका क्षेत्रमा विशेष पहल गर्ने बताएका छन् ।