पाहुना घरः एउटा जीवन्त उपन्यास

जेठ ९,
काठमाडौं । केही समय अगाडी सार्जजनिक भएको उपन्यास ‘पाहुना घर’ मार्फत् लक्ष्मण तिवारीले वर्तमानको ऐनाबाट समाजको अनुहार देखाइदिएका छन् । त्यो अनुहार जति कुरुप छ, हाम्रो वास्तविकता अझ विकृत छ । ‘पाहुना घर’ नाममा जुन आत्मीयता छ, यथार्थता ठीक उल्टो छ । किनकि, यो त त्यो ‘पाहुना घर’ हो, जहाँ कुलङ्गार सन्तानले आफ्नै बाबु–आमालाई आश्रित बनाएका छन् । त्यही तितो–सत्यको उत्कृष्ठ चित्रण यसभित्रको पठनीय पक्ष हो ।

कालबेला यति निष्ठूर भएको छ, जन्मदाताहरू क्रमशः ‘पाहुना घर’ का रुँगन्ते ‘पाहुना’ बनिरहेका छन् । मातापितालाई भगवान् ठान्ने हाम्रो पूर्वीय परम्परामा ठेस लाग्दै गएको छ । त्यो अपमानित अनि बेइज्जतपूर्ण वर्तमानको हामी मौन–साक्षी बनिरहेका छौं । मुकर्शक भइरहेका छौं । बरु त्यही टेढो आँगनमा उही ढर्राको नाच देखाइरहेका छौं । दोषी हामी हौं । हाम्रो समाज हो । दण्डहीनता हो । पापिष्ठता हो ।

सरललाताभित्र स्वादिष्ठता तिवारीको भाषागत कौशल हो । विषयको गाम्भीर्यलाई सुन्दर प्रस्तुति, संगठित कथावाचन, खास पात्रचयन अनि शैलीगत दक्षताले उल्लेख्य बनाएको छ । पात्रका मुखबाट प्रवृत्तिगत समय–बोली उनले बोलेका छन् । र, उपन्यासलाई जीवन्त बनाएका छन् । उपनयास ईटर्नल पब्लिकेशन प्रा.लि, काठमार्डौ पेप्सीकोलाले प्रकाशित गरेको हो ।