भक्तपुरमा भयानक सडक दुर्घटना तीन जनाको मृत्यु

210

नयाँ नेपाल न्युज
जेठ ९,
भक्तपुर । भक्तपुरको अरनिको राजर्मागको साँगा जगाती सडक खण्ड अन्र्तगत पलाँसेमा टिपरले स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको छ । काभ्रेबाट काठमाडौंतर्फ आइरहेको बा ३ ख ६६७४ नम्बरको टिपरले सोही दिशामा आइरहेको बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमासवार तीन जनाको मृत्यु भएको महानगरिय प्रहरी वृत्त जगातीले जनाएको छ ।

मृत्यु हुनेमा भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका १ लोकन्थली बस्ने बर्ष ५० का हरिबहादुर कटुवाल, दोलखा मेलुङ्ग घर भई हाल मध्यपुर थिमी १ बस्ने बर्ष ४२ का सविता घिमिरे र सविताकै छोरा बर्ष १३ का अरबिन घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपरका चालक फरार भएको र टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।