Friday, October 2, 2026
Home समाचार हवाई उडान बन्द, मारमा सर्वसाधारण

हवाई उडान बन्द, मारमा सर्वसाधारण

254

जेठ ८,
भोजपुर । मंगलबारदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन्। वायुसेवा निगमले मंगलबारबाट १५ दिनका लागि उडान बन्द गरेको हो। नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले बताए। हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका छन्। निगमले भोजपुर—काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार उडान भर्दै आएको थियो।