कृषि मन्त्री दाबी: यो वर्ष मलको अभाव हुँदैन

82

असोज २५
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बेलैमा मल आयात गर्ने प्रक्रिया अगाडि बढाएको छ । कृषि मन्त्रालयले आगामी मंसिर महिनाभित्र २ लाख ५० हजार टन मल आयात गर्ने तयारीसँग प्रक्रिया सुरु भएको जानकारी दिएको छ ।  चालू आर्थिक वर्ष ०७७र७८ का लागि सरकारले रासायनिक मल ल्याउन साढे ११ अर्ब अनुदान सरकारले बजेट विनियोजन गरेको छ । अनुदान रकममध्येबाट कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयातको जिम्मेवारी पाएका छन् ।

कृषि मन्त्रालय अन्तरगतका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंसिरसम्म २ लाख ५ हजार टन युरिया, डिएपी र पोटास आयात गर्ने ठेक्का सम्झौता समेत गरिसकेका छन् ।  जसमा कृषि मन्त्रालयले चालु आर्थिक बर्षमा १ लाख ५० हजार टन मल आयातको टेन्डर र ठेक्का सम्झौता गर्ने प्रक्रिया अगाडी बढेको छ ।

हिउँदे बाली लक्षित गरी थप १ लाख १५ हजार टन रासायनिक मल आपूर्तिको टेन्डर प्रक्रिया अघि बढाएको कृषि सामग्रीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । जसमा ३० हजार टन युरिया खरिदका लागि स्विस सिंगापुर कम्पनीलाई छनोट गरिएको प्रवक्ता पोखरेले बताए । ‘चालु आर्थिक वर्षका २ लाख ४५ हजार टन रासायनिक मल ल्याउन टेन्डर भइसकेको छ । कात्तिक र मंसिरभित्र आइसक्ने गरी १ लाख ३० हजार टन मल ल्याउन टु्ङयो लागि सकेको छ,’ उनले भने, ‘मंसिर दोस्रो साताभित्र ८० हजार टन युरिया आयात हुन्छ । भने, सोही समयमा ४० हजार टन डिएपी र १० हजार टन पोटास भित्रिन्छ ।’

४० हजार डिएपीमध्ये २० हजार टन मुक्तिनाथ कृषि कम्पनी र २० हजार टन आइपिएलसँग ठेक्का सम्झौता भइसकेकोे छ । भने, इन्डिया पोटास लिमिटेडले बन्दरगाहमा १० हजार टन पोटास मल आउँदै गरेको उनको भनाइ छ । इन्डिया पोटास लिमिटेडले बन्दरगाहबाट १० हजार टन पोटास कात्तिक महिनामा आयात गर्ने सामाग्रीले जानकारी दिएको छ ।