Thursday, September 24, 2026
Home स्वास्थ्य इमर्जेन्सीमासमेत डाक्टर बस्दैनन्

इमर्जेन्सीमासमेत डाक्टर बस्दैनन्

194

जेठ ६,
महोत्तरीको । जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् । अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् । अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन जाँदा डाक्टरले गाली गर्छन् र यसैगरी बिरामी दिक्क भएर अन्य अस्पताल वा बाहिर जाने गर्छन् । शनिबार जिल्ला अस्पताल जलेश्वरमा आमा बिरामी भएर जँचाउन गएका जलेश्वर–२ बस्ने सञ्जित चौधरीले आमा सिकिस्त भएको भन्दै इमर्जेन्सीमा खटिरहेका स्वास्थ्यकर्मीलाई डाक्टरलाई बोलाइदिन आग्रह गर्दा डाक्टर नआएपछि उनले सञ्चारकर्मीलाई भनेपछि यो रहस्य खुलेको हो । बिहानैदेखि आमा बिरामी भएर अस्पताल पुगेका चौधरीले जिल्लाका पत्रकार, प्रशासन र अन्य ठाउँमा इमर्जेन्सीमा डाक्टर नबसेको र फोन गर्दासमेत नटेरेको जानकारी गराएपछि जिल्ला अस्पताल प्रमुख डा राजीव झा चारैतिरबाट फोन आएपछि आफैँ केही घण्टापछि बिरामी जाँच्न पुगेका थिए । यो एकदिन वा दुईदिनको घटना होइन । त्यहाँका डाक्टर सधैँ त्यस्तै गर्ने गरेको जिल्ला अस्पतालका अन्य कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । उनीहरुले कुनै भिआइपी वा उनका घरपरिवारका कोही बिरामी भएमा उनले आफैँ डाक्टरलाई फोन गरेपछि मात्रै डाक्टर आउने गरेको बताए । तर सामान्य नागरिक बिरामी भएर अस्पताल पुग्दा प्रायः डाक्टर नआउने र विभिन्न बहाना बनाएर बिरामीलाई अन्यत्र पठाउने गरेका छन् ।