Friday, September 18, 2026
Home राजनीति एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा पत्रकारदेखि अर्थमन्त्रीसम्म

एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा पत्रकारदेखि अर्थमन्त्रीसम्म

223

जेठ ६,
काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटिको सदस्यमा अर्थमन्त्री, सञ्चार राज्यमन्त्री तथा पत्रकार समेत परेका छन्। नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भइ जेठ ३ गते नवगठित नेकपाको केन्द्रीय कमिटिमा अर्थमन्त्री युवराज खतिवडा, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, पत्रकार विष्णु रिजाल समेत परेका छन्। संवैधानिक पदमा पुगेका सहित केहीको विदाई नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति अनुसार एमालेको साविकको २०० जना सदस्य स्वतः केन्द्रीय कमिटिमा परेका छन्। त्यसमा थप्नुपर्ने ४१ जना र पुरानो कमिटिबाट मृत्यु भएका, विदाइ गरिएका तथा संवैधानिक पदमा पुगेका केही केन्द्रीय सदस्यहरुको ठाउँमा नयाँ सदस्य थप्नुपर्नेछ। स्रोतका अनुसार राधाकृष्ण मैनालीलाई विदाइ गरिएको स्रोतले बताएको छ भने महिम लिम्बूको मृत्यु भएकाले उनको ठाउँ रिक्त भएको छ। यस्तै महान्यायाधिवक्ता नियुक्त भएका अग्नि खरेल, प्रतिनिधिसभाको उपसभामुखमा पुगेकी शिवमाया तुम्बाहाम्फे, प्रदेश नम्बर ३ को सभामुख भएका सानु श्रेष्ठको ठाउँ रिक्त सदस्य थपिनेछन्। नयाँ थपिने सदस्यमा एमालेका तर्फबाट ४५ जनाको नाम टुंगो लगाइएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार मध्यरातमा सदस्यको सूची तयार पारेका हुन्। तत्कालीन स्थायी कमिटी बैठकले थप केन्द्रीय सदस्यको नाम तय गर्ने जिम्मा ओली र नेपाललाई दिएको थियो। जसअनुसार दुई नेताले गएको एमाले नवौं महाधिवेशनमा लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका, केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, विभिन्न विभागका सचिव तथा युवा नेतामध्येबाट सदस्यको नाम टुङ्गो लगाएको नेता सुरेन्द्र पाण्डेले बताए। जसअनुसार एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनुपर्नेमा ४५ जनाको नाम तय भएको छ।