Saturday, October 17, 2026
Home समाचार मातृभाषा पत्रकारिता संरक्षण गर्न सुझाव

मातृभाषा पत्रकारिता संरक्षण गर्न सुझाव

269

जेठ ४,
काठमाडौं । दसबुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयोजनमा काठमाडौंमा सम्पन्न सम्मेलनले नेपाली सञ्चारमाध्यम समावेशी बनाउन र मातृभाषामा गरिने पत्रकारितालाई प्राथमिकता दिन सुझाव दिएको छ । सम्मेलनपछि बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा मातृभाषा पत्रकारितालाई संरक्षण, संवर्धन गर्दै विकास गर्न राज्यस्तरबाटै नीतिगत छलफलको विषय बनाउनुपर्ने उल्लेख छ। भावनाको आधारले गरिने मातृभाषा पत्रकारितालाई पूर्ण व्यावसायिक बनाउन र समुदायलाई आ–आफ्नै भाषामा सूचना दिँदा तुलनात्मक प्रभावकारी हुने सम्मेलनको निष्कर्ष छ । नेपालमा आठ भाषामा गरिँदै आएको पत्रकारितासम्बन्धी इतिहास, वर्तमान अवस्था, चुनौती तथा समाधानको उपाय समेटिएको विवरणसहितको कार्यपत्र सम्मेलनमा पेश भएको थियो। सम्मेलनमा नेवाः पत्रकार राष्ट्रिय दबू, किरात राई पत्रकार संघ, तामाङ सञ्चार संघ, तमु गुरूङ सञ्चारकर्मी संघ नेपाल, मगर पत्रकार संघ, लिम्बू पत्रकार संघ, थारू पत्रकार संघ र शेर्पा सञ्चार समूहका कार्यपत्र पेश गरिएको सम्मेलनमा सहभागी पत्रकार केके मानन्धरले बताए।