Saturday, September 26, 2026
Home समाचार बाबुराम भट्टराई पनि भूकम्पपीडित, सरकारी राहतबाट घर बनाउँदै

बाबुराम भट्टराई पनि भूकम्पपीडित, सरकारी राहतबाट घर बनाउँदै

212

जेठ ३,
गोरखा । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा।बाबुराम भट्टराईले भूकम्प पीडितले पाउने अनुदानबाट घर बनाउने भएका छन्। छोरी मानुषीयमीको नाममा रहेको जग्गामा भट्टराईले जन्मथलो खोप्लाङ १ बेल्बासमा घर बनाउने भएका हुन्। ‘बाले जग्गा मेरै नाममा गरिदिनु भएको छ’ मानुषीले भनिन् ‘पुरानो घरलाई मर्मत गरेर जोगाएर राखेर नयाँ घर बनाउन लागेका हौँ ।’ भूकम्प पिडितले पाउने सरकारी अनुदानको तीन लाख मध्येको पहिलो किस्ता बापत पाउने ५० हजार रुपैँया आफ्नो खातामा आएर बसेको मानुषीले बताइन । ‘५० हजार मेरै खातामा आएर बसेको छ’ उनले भनिन् ‘अब छिटै घर बनाउन थाल्छौँ । पहिले भएको भन्दा केही तल बनाउछौँ । पहिले भएको तिर मान्छे बस्नै छोडे । गाउँलेहरु सबै सडक भएको तिर झरेका छन् । हामी पनि तल नै बनाउने भनेर लागेका छौँ ।’ बाबुरामले बुधबार मालपोत कार्यालय गोरखामा आफ्नो नाममा भएका जग्गा जमिनहरुको समेत मिलाउँदै छन् ।