स्थानीय सरकार मौनः काभ्रेका अधिकांस क्रसर उद्योग मापदण्ड विपरीत

239

फागुन २०,
काभ्रे । काभ्रेमा सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड बिपरित रहेको पाइएको छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट नेतृत्वले गरेको अनुगमनका क्रममा जिल्लाका बिभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगहरु सरकारी मापदण्ड बिपरित रहेको पाइएको हो । मन्त्री भट्टसहितको टोलीले जिल्लाका विभिन्न स्थानमा संचालित एक दर्जन क्रसर उद्योगहरुको अनुगमन गरेको थियो । काभ्रेको रोशी खोला आपसपास, भकुण्डेबेशीलगायतका स्थानमा गरिएको अनुगमनका क्रममा अधिकांश क्रसर उद्योग मापदण्ड बिपरित सञ्चालन भएको पाइएको मन्त्री भट्टले बताए ।

अनुगमनमा उद्योग मन्त्रालयकी सचिव, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव थापा, मन्त्रालयका सहसचिब शोभाकान्त पौडेल,जिल्लास्थित सरकारी र सुरक्षा निकायका प्रमुख, लगायतको उपस्थिती रहेको जनाइएको छ । अनुगमन निरिक्षणका क्रममा मापदण्ड बिपरित रहेको क्रसर उद्योगलाई आवश्यक कारवाही प्रकृया अघि बढाउन मन्त्री भट्टले निर्देशन दिएका छन् ।