बेइजिङमा पत्रकार श्रेष्ठको एकल फोटो प्रदर्शनी

762

बैशाख २९,
बेइजिङ । राष्ट्रिय समाचार समिति ९रासस०का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनी गरेका छन् । बेइजिङको नानछेन रोड, नान फासिनचन, शुनयीस्थित रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूटमा मिडिया र प्रेससम्बन्धी चीन सरकारको तालीम र प्रशिक्षण केन्द्रमा उक्त प्रदर्शनी गरिएको हो । ‘डिजिटल डिस्प्ले’ मार्फत गरिएको उक्त प्रदर्शनीमा फोटो पत्रकार श्रेष्ठका तीन दर्जन भन्दा बढी फोटो प्रदर्शनीमा राखिएको छ । चीन सरकारको निमन्त्रणामा चीन पुगेका नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ सञ्चारकर्मीको प्रशिक्षण टोलीमा उनी पनि सहभागी छन् । फोटो प्रदर्शनी लोकप्रिय रहेको र प्रदर्शनीका माध्यमबाट चिनियाँ जनतालाई नेपालको कला, संस्कृति, जीवनशैली, पर्यटकीय क्षेत्र तथा नेपाल चीन सम्बन्धका बारेमा थप कुरा जान्न सहयोगी हुने नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले बताए । फोटो प्रदर्शनी आगामी जेठ ६ गतेसम्म हुने फोटो पत्रकार श्रेष्ठले बताए ।