Saturday, September 19, 2026
Home विचार वित्तिय अनुशासनलाई प्राथमिकतामा राख्नुस्.. अर्थमन्त्री

वित्तिय अनुशासनलाई प्राथमिकतामा राख्नुस्.. अर्थमन्त्री

180

बैशाख २९,
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले वित्तिय संस्थाहरुले वित्तिय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन्। सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्व विषयमा शनिबार राजधानीमा भएको कार्यक्रममा अर्थमन्त्री खतिवडाले वित्तिय अनुशासन र पारदर्शीता बिना वचत कर्ता र सर्वसाधरणको विश्वास आर्जन गर्न नसकिने भन्दै त्यस तर्फ सचेत हुन वित्तिय संस्थालाई सुझाव दिएका हुन्। वित्तिय संस्थाहरुलाई सरकारका नीति नियम पालना गर्दे जनउत्तरदायी र पारदर्शी हुन उनले आग्रह गरे। वित्तिय संस्थाहरुको काम कारवाहीको अनुगमन र नियमन राष्ट्र बैकले गर्ने गरेको उल्लेख गर्दै उनले वित्तिय अनुशासनमा आँच आउने काम नगर्न सबैलाई सचेत गराए। वित्तिय अवस्थाको लेखापरिक्षण, संपरीक्षण गर्ने निकायहरुलाई पनि आफुले हेर्ने संघ संस्थाको वित्तिय अवस्था विश्लेषण गर्न कुनै आग्रह पुर्वाग्रह नराख्न उनले सुझाव दिए। पछिल्लो समय विशेष गरेर वित्तिय क्षेत्र प्रलोभनमा परि खराब कर्जा प्रवाह गर्ने गरेका समाचार आउने गरेका छन् । यस्ता छिटफुट घटनाले सिंगो वित्त क्षेत्रलाई नै प्रभाव पार्ने भएकाले जिम्मेवार , पारदर्शीता र अनुशासनलाई कायम राख्न उनले आग्रह गरे।