‘सुनकेशरी’को रोमान्टिक गीत रिलिज ( भिडियो सहित)

362

बैशाख २२,
काठमाडौं । हरर फिल्म ‘सुनकेशरी’को रोमान्टिक गीत रिलिज भएको छ । कालिप्रसाद बाँँस्कोटाको मायाले छोइ बोलको गीतको भिडियोमा सन्नी ढकाल र लउरेन फिचरिगं छन् । गीतमा स्वर सनुप पौडेलको छ ।
अर्पण थापा निर्देशित फिल्म सुनकेशरी मा सन्नी र लउरेनसँगै ऋचा शर्मा, रविन्द्र झा को अभिनय छ । निर्माणमा भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले सहकार्य गरेका छन् । सुनकेशरी जेठ ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको कथा निर्देशक थापाकै हो । नेपालमा हरर जनराको फिल्म कम बन्ने गरेका छन् । यस्तो फिल्म हेर्ने दर्शक सिमित छन् । सिमित दर्शक भएको नेपाली फिल्मी बजारमा ‘सुनकेशरी’ले कस्तो व्यापार गर्ला त ?
गीतको भिडियो हेर्नुस्