कीर्तिपुरमा एन आई सी एशियाको शाखारहित बैंकिङ्ग सेवा

262

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट छैठो शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरे । शाखारहित बैंकिङ्ग सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामिण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानिको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले मुलुकभर १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउनटर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।