हैरानको ‘हिरो तिम्रो’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

180

बैशाख १७,
काठमाडौं । विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशन रहेको चलचित्र ‘हैरान’को ‘हिरो’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुस्कर रेग्मीको अभिनय देख्न सकिन्छ ।गीतमा संगीत र स्वर राजन इशानको रहेको छ भने अभिनेता गम्भीर विष्टले यसलाई लेखेका हुन् । चलचित्रको कथा अनुसार गीत तयार गरिको अभिनेता गजितले बताए । ४ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘हैरान’मा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।
(भिडियो हेर्नुहोस्)