Monday, September 21, 2026
Home समाचार भूकम्पमा सहयोग गर्ने चिनियाँ स्वयंसेवक टोली सम्मानित

भूकम्पमा सहयोग गर्ने चिनियाँ स्वयंसेवक टोली सम्मानित

329
lrlgofF :jo+;]js 6f]nLnfO{ ;Ddfg ;fOgf] g]kfn ldl8of] ;f];fO6Låf/f a'waf/ sf7df8f}Fdf cfoflht ;df/f]xdf e"sDkkl5sf] p4f/, /fxt / pkrf/df ;+nUg lrlgofF :jo+;]jsnfO{ ;Ddfg ub}{ ;f+;b Pjd g]skf Pdfn]sL g]t[ /fds'df/L emfFqmL . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

बैशाख १२,
काठमाडौं । गोरखा केन्द्रविन्दु भएर आजभन्दा ठीक तीन वर्षअघि २०७२ वैशाख १२ गते गएको भूकम्पपछिको उद्धार, राहत र उपचारमा संलग्न चिनियाँ स्वयंसेवक टोलीलाई आज यहाँ सम्मान गरिएको छ। साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज आयोजित समारोहमा सांसद एवम् नेकपा ९एमाले०की नेत्री रामकुमारी झाक्रीले उनीहरूलाई सम्मान गरेकी हुन्। गोरखा केन्द्रविन्दु भएर गएको उक्त भूकम्पबाट ८ हजार ९७९ जनामा परी ज्यान गएको थियो भने २२ हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए। भूकम्पबाट सम्पदा, सार्वजनिक भवन तथा निजी आवासमा क्षति पुगेको थियो। उक्त भूकम्प भएलगत्तै चिनियाँ स्वयंसेवक टोली नेपाल आई गोरखा, भक्तपुर र काभ्रेसहितका जिल्लामा उद्धार र राहतमा जुटेको थिए। भूकम्पबाट मुलुकका १४ जिल्ला बढी प्रभावित भएका थिए।