Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा

प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा

141

चैत २५,
नयाँदिल्ली । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतभ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। भ्रमण टोलीमा सहभागी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्दै ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ुएकान्तु छलफल तथा प्रतिनिधिमण्डल स्तरमा भएको छलफल नेपालका लागि फलदायी भएको बताए। नेपालले प्राप्त गरेको पछिल्लो सफलताको खुलेर प्रशंसा गर्नुका साथै भारतीय प्रधानमन्त्रीले नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने आश्वासन दिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। उनले सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, खुला सीमाको व्यवस्थापन गर्ने विषयमा दुई प्रधानमन्त्रीबीच भएका छलफलले चाँडै परिणाम दिने विश्वास व्यक्त गरे। नेपालले प्राप्त गरेको सफलतालाई थप संस्थागत गर्न तथा गराउन पनि भ्रमण सफल भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने, द्विपक्षीय छलफलले साझा चासो र चिन्तालाई सम्बोधन गरेको छ। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। भारतीय राष्ट्रपतिले पनि नेपालका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।