ट्रेड युनियन काँग्रेसमा खिलानाथ दाहाल समूहको उम्मेदवारी घोषणा

262

जेठ २८,
काठमाडौं । काठमाडौंमा हुने नेपाल ट्रेड युनियनकाँग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनको लागि अध्यक्ष पदमा खिलानाथ दाहालले आइतवार आयोजित उम्मेदवार घोषणा कार्यक्रमा आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष समेत रहेका दाहालले १७ सदस्यपदाधिकारीको उम्मेदारी घोषणा गरेका हुन् । दाहाल समुहको वरिष्ठ उपाध्यक्षमा अयोध्या प्रसाद यादव, उपाध्यक्षहरुमा वमबहादुर डि.सी. र डी.पी. अर्याल खुल्ला, कल्पनाअधिकारी (महिला) शंकर लामिछाने, सेवा, युवराजलामा(उत्पादन) नुर महम्मद रैन (अनौपचारिक तथा स्वरोजगार) रहेका छन् । महासचिवमा संजय मिश्र, उप-महासचिवहरुमा जनार्दन निरौला र काजीमान श्रेष्ठ खुल्ला, कमला लामिछाने (महिला), रञ्जनाथापा (सेवा) धिरेन्द्र सिंह (उत्पादन) आत्मरामपौडेल (अनौपचारिक तथा स्वरोजगार) रहेका छन् । कोषाध्यक्षमा ऋषमदेव घिमिरे (रिसभ) र सह–कोषाध्यक्षमा तारा कुमारी राईले उम्मेदवारी घोषणा गरेका छन् । अन्य २४ केन्द्रिय सदस्य भने पछि तय गरिने केन्द्रिय सदस्यका आकाक्षी सरस्वती वैद्यले जानकारी दिइन् । यस अघि नै पुष्कर आचार्य समुहको उम्मेदारी घोषणा भैसकेको छ ।
उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी दाहालले विद्यानत पदाधिकारी २ कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था रहेकाले यो कार्यालयमा बाँकी काम पुरा गर्न उम्मेदवारी दिएको प्रष्ट पारे । यस अघिल्लो कार्यालयका विद्यानलाई समावेशी बनाएको, ३३ प्रतिशतमहिला सहभागिता सुनिश्चित गरिएको, संविधानमा श्रमिकका अधिकार सुरक्षित गरिएको, संगठन बढाएको चर्चा गर्दै अब मजदुरको जीवनलाई उज्यालो बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे ।