भक्तपुरमा वृहत् योग शिविर संचालन हुने

718

चैत १६,
भक्तपुर । आइतबार १८ गते देखि २४ गते शनिबार सम्म भक्तपुरमा जिल्लाका विभिन्न स्थानमा ५० भन्दा बढी स्थानमा एक हप्ते वृहत् योग शिविरहरु संचालन हुने भएका छन् । गत वर्ष जेष्ठ महिनामा जिल्लाका २४ स्थानमा एकै पटक एक हप्ते वृहत् योग शिविरहरु सञ्चालन गरिएकोमा यो वर्ष चैतमा आयोजना गरिएको हो । पतञ्जलि योग समिति भक्तपुर सचिव एवं प्रचार प्रसार समिति संयोजक नवराज काफलेका अनुसार अष्टाङ्ग योगका माध्यमद्वारा मानसिक र नैतिक चरित्रको विकाश गर्दै स्वास्थ्यमा योग र आयुर्वेदको प्रभाव खानपान, आहारविहारमा सचेतना ल्याई रोगका मूल कारणलाई निर्मूल गर्दै भित्रैबाट स्वस्थता प्रदान गर्ने अभ्यास उक्त शिविरहरुमा हुने भएकोले यो साधना यहाँको जीवनमा वरदान सावित हुने अपेक्षा गरिएको छ ।
स्वस्थ राष्ट्रको लागि स्वस्थ समाज, स्वस्थ समाजको लागि स्वस्थ परिवार र स्वस्थ परिवारको लागि स्वस्थ मानिस निर्माण गर्ने लक्ष्यका साथ २०६४ भाद्र ८ गते पतञ्जलि योग समिति भक्तपुरको स्थापना भएको थियो । यो संस्थाले स्थापनाका वर्ष देखि नै जिल्लाका विभिन्न स्थानहरुमा योग शिविरहरु संचालन गर्ने, योग साधना केन्द्रहरु खोल्ने, योग शिक्षक तालिमहरु संचालन गर्ने, एवं योगका विविध गतिविधिहरु संचालन गर्दै जिल्लावासीहरुलाई निरन्तर योगका माध्यमद्वारा शारिरीक, मानसिक, नैतिक एवं चारित्रिक विकाशमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।