Monday, September 28, 2026
Home राजनीति पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन

पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन

566

चैत १६,
काठमाडौं । पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएको छ। उनको भारतको एपोलो अस्पतालमा शुक्रबार साँझ सवा ५ बजे निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। खड्का मृगौला, छाती र नशाको समस्याबाट केहीसमययता पीडित थिए। मृगौला प्रत्यारोपण गरेका खड्काको स्वाथ्य अवस्था नाजुक भएपछि गत फागुन पहिलो साता उनलाई उपचारका लागि दिल्ली लगिएको थियो। कांग्रेसले खड्काको स्वास्थ्य अवस्था बुझ्नका लागि केहीदिन पहिले नेता रमेश लेखक र शंकर भण्डारीलाई भारत पठाएको थियो। शुक्रबारको बैठकमा लेखकले खड्काको अवस्था चिन्ताजनक रहेको बताएका थिए।
थाहा खबरबाट