चन्दा आतंकका ‘नाइके’ पक्राउ

375

चैत १२,
काठमाडौं । तराई विभिन्न जिल्लामा हत्या, अपहरण, फिरौती, बम विस्फोट तथा जबर्जस्ती चन्दा असुली धन्दा चलाउँदै आएका बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले यादवलाई आइतबार राति वीरगञ्जबाट पक्राउ गरेको हो। तराईको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा ९ज्वाला सिंह० मा आबद्ध रहेर यादवले आतंक मच्चाएको ब्यूरोले जनाएको छ। सर्लाहीमा ६७ कात्तिक १९ गते सर्लाहीका विजय यादवलाई अपहरणपछि हत्या गर्ने सिंहनै रहेको प्रहरीले जनाएको छ। फिरौती रकम नदिएपछि यादवलाई गोली हानी हत्या गरिएको थियो।
त्यसैगरी, सिरहामा पनि उनी विरुद्ध हत्या, फिरौती र अपहरण तथा बम विस्फोट सम्बन्धी मुद्दा दर्ता भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले जानकारी दिए। पक्राउ परेका यादवलाई आइतबार नै सर्लाही प्रहरीको जिम्मा लगाइएको उनले जानकारी दिए। गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवका ८ वर्षीय छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको प्रहरीले जनाएको छ। कर्तव्य ज्यानसम्बन्धी २, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा उनका नाममा दर्ता भएको प्रहरीले जनाएको छ।