सांकेतिक तस्विर

स्वास्थ्य । कतिपय दम्पत्तिहरु गर्भ धारण नहुने समस्याका कारण पीडित रहेका हुन्छन् । गर्भ बस्न नसक्नुमा शारीरिक कारणका अतिरिक्त हाम्रो आनी बानीले समेत ठूलो प्रभाव पारेको हुनसक्छ । तर यस्ता सामान्य कुरामा हामी ध्यान दिँदैनौं । शारीरिक सम्पर्क गरे गर्भ बसिहाल्छ भन्ने धारणा रहेको छ । तर यो नै सत्य होइन । शारीरिक कारणहरु पनि कतिपय हल गर्न सकिने हुन्छन् । तर केही जटिल प्रकृतिका शारीरिक समस्यालाई भने सम्बोधन गर्न गारो पर्छ । वंशानुगत समस्या र पोलिसाइटिक ओभरी सिन्ड्रोमको जस्ता समस्याको उपचार कठिन हुन्छ । त्यस्तै ३५ वर्षभन्दा माथिको मानिसको यौन दुर्बलता पनि समस्या पनि समाधान हुदैन् । महिलाहरुमा विभिन्न कारणले गर्भवती हुँदैन । बाह्य जीवनशैलीले पनि गर्भधारण हुनबाट बञ्चित गर्छ । चाहेको समयमा गर्भधारण नहुनु र यौन दुर्बलताका कारण यस्ता हुन सक्छन्ः
अत्याधिक तौल ः बढी तौल र गर्भधारणको समस्या एक आपसमा सम्बन्धित छन् । गर्भ नरहनुमा महिला भन्दापनि पुरुषको तौल मुख्य कारक हुन्छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार तौल बढी भएका अर्थात् धेरै मोटोपन हुने जोडीको ठिक्क तौल भएका जोडीले भन्दा सन्तान जन्माउने संभावना ५९ प्रतिशत कम रहन्छ।

अत्याधिक तनावः गर्भको बच्चालाई असर गर्ने भएकोले चिकित्सकले हरेकले गर्भवती महिलालाई तनावमुक्त रहन सल्लाह दिन्छन् । तर, गर्भवती हुन चाहने जोडी पनि तनावमुक्त हुनु आवश्यक छ । अमेरिकाको ह्युमन रिप्रोडक्समा प्रकाशित अध्ययन अनुसार बढी तनाव लिने महिला वा पुरुषमा अन्य साधारण जोडीको तुलनामा बच्चा जन्माउन नसक्ने खतरा दोब्बर खतरा हुन्छ । तनावले उर्वरता कसरी घटाउँछ भन्ने विषयमा उनीहरुले कुनै कारण पत्ता लगाउन त सकेनन् तर योगा तथा ध्यान गर्नेमा गर्भधारणको धेरै सम्भावना रहेको देखाएका थिए । जिममा धेरै समय खर्चः व्यायाम निसन्देह स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । बच्चा जन्माउने अवस्थापूर्व पनि गर्भवती महिलाले सामान्य व्यायाम गर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् । तर, गर्भवती हुन चाहने महिलाले सामान्य व्यायाम गर्नुपर्छ । विज्ञहरुका अनुसार सामान्य व्यायामले उर्वरता बढाउन सहयोग गर्छ भने अत्याधिक व्यायामले उर्वरता घटाउँछ ।

अत्याधिक टेलिभजन हेर्नुः  टेलिभिजन हेरेर निष्क्रिय जीवन बिताउने पुरुषहरुको वीर्यको मात्रामा हस हुन्छ । ब्रिटिश जर्नल अफ स्पोर्ट मेडिसियनमा प्रकाशित अध्ययन अनुसार सातामा २० घन्टा भन्दा बढी टेलिभिजन हेर्ने पुरुषमा वीर्यको तीब्रता ४४ प्रतिशतले घटेको थियो । जबकी सातामा १५ घन्टाभन्दा टेलिभिजन हेर्ने मानिसहमा वीर्यको तीब्रता ७३ प्रतिशतले बढेको थियो।

परिष्कृत मासु खानुः परिष्कृृत मासु खाने पुरुषको वीर्यको मात्र घट्ने सन् २०१४ मा इपिडिमियोलोजीमा प्रकाशित एक अध्ययनमा उल्लेख छ । अर्कोतर्फ कुखुराको मासु लगायतका परिकार खाने मानिसमा भने उर्वरता बढ्ने सोही अध्ययनमा उल्लेख छ । पर्याप्त यौनकार्य नहुँदा गर्भधारणका लागि यौन अपरिहार्य छ । यौन बच्चा जन्माउनका लागि मात्र नभई सम्बन्धका लागि पनि जरुरी छ । उचित यौन सक्रियताले महिलाको हर्मन सक्रीय भई प्रजननका दृष्टिले सक्षम बनाउने सन् २०१५ मा गरिएको एक अध्ययनले देखाएको छ ।

अत्याधिक धुमपानः धुमपानले पनि उर्वरतामा हस आउँछ । अमेरिकन सोसाईटी अफ रिप्रोडक्टिभ मेडिसियनका अनुसार चुरोट पिउने पुरुषको उर्वरता १३ प्रतिशतले हस आउँछ । धुमपानले महिलाको अन्डासयमा अशर गर्छ भने पुरुषको वीर्यमा हस ल्याउँछ ।