चलचित्र ‘पञ्चायत’, आजबाट देशैभर प्रदर्शन

192

चैत २,
चितवन । शीर्ष राजनीतिक नेताहरुबाट तारिफ पाएको ऐतिहासिक कथावस्तुमा आधारित चलचित्र ‘पञ्चायत’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। अमेरिकामा भएको फिल्म फेस्टिबलमा २१७ वटा चलचित्र प्रदर्शन हुँदा उत्कृष्ट अवार्ड र उत्कृष्ट नायिकाको अवार्डसमेत पाउन सफल चलचित्र शुक्रबारदेखि देशका ६५ भन्दाबढी हलहरुमा प्रदर्शन भइरहेको छ। गएको फागुन २५ गते भिआइपी ९प्रिमियर०सो हुँदा पूर्वप्रधानमन्त्री प्रचण्ड र झलनाथ खनाललगायत एमाले, कांग्रेस तथा माओवादीका नेताहरुले चलचित्रलाई खुलेर प्रशंसा गरेका थिए। विभिन्न स्थानमा भएको च्यारिटी सोमा समेत कथावस्तुलाई दर्शकहरुले मनपराएको उक्त चलचित्रलाई अब आमदर्शकले कत्तिको मन पराउँछन् प्रतीक्षाको घडी बाँकी छ। चलचित्रलाई ‘झोला’पछिको सामाजिक विषय समेटिएको उत्कृष्ट चलचित्रको रुपमा दर्शकहरुले मुल्यंकन गरेका छन्। शिवम् अधिकारी लेखक तथा निर्देशन रहेको ऐतिहासिक र समाजिक विषय बोकेर चलचित्र पञ्चायतमा मुख्य भूमिका सरोज खनाल र नीता ढुंगानाको छ। गणेश गिरीको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा चलचित्र पत्रकार रवि अधिकारी छन्। सुशान्त श्रेष्ठ र शंकर सुवेदी निर्माता रहेको चलचित्रमा रुपा राना, जाहान्वी बस्तेन, गणेश गिरी, राजुबाबु श्रेष्ठ, विशाल पहारी, गीता अधिकारी र किरण थापाको समेत अभिनय छ। चलचित्रले मुख्यगरी २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।