Sunday, September 20, 2026
Home खेलकुद निजगढ र एपीएफ भिड्दै

निजगढ र एपीएफ भिड्दै

146

फागुन ३०,
बारा । चौथो निजगढ गोल्डकपको फाइनल प्रवेशका लागि बुधबार आयोजक निजगढ युवा क्लब र सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा बाराको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल निजगढ–४ स्थित कछडिया खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ। आयोजक निजगढ विभागीय टोली जुनियर पुलिस अफिसर्स क्लब चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। एपीएफले भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा ६–५ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा आयोजकसँगको भेट पक्का गरेको थियो। प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुनेछ। १० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिको प्रेस संयोजक नवराज चौलागाईले बताए