‘झोला’ निर्देशकको ‘भोर’ रिलिज घोषणा

183

फागुन १८,
करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म ‘भोर’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ ।
मधेशको सबैभन्दा ठूलो समस्या दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले पोष्टर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गर्‍यो । फिल्म आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।