‘म पैसाको सवालमा कहिल्यै जिद्दी भईन’

314

साउन १०,
काठमाडौं । अभिनेता राजवल्लभ कोइराला फिल्म क्षेत्रबाट टाढा रहेको लामै समय भैसक्यो । तरपनि उनी यो क्षेत्रबारे जानकार छन् । पछिल्लो पटक नेपाली फिल्म खेल्ने स्टार कलाकारको पारिश्रमिक दर ह्वात्तै बढेको छ । यसमा अमेरिकामा रहेका अभिनेता कोइरालाले आफुलाई लागेका तर्कना सामाजिक सञ्जाल फेसबुक मार्फत सेयर गरेका छन् । अभिनेता राजवल्लभ कोइरालाले लेखेको फेसबुक स्टाटस जस्ताको त्यस्तै पढ्नुस् :

कलाकार छंदा, म पैसाको सवालमा कहिल्यै जिद्दी भईन, बरू मेकिगं राम्रो होस् भनेर कराउँथे, कहिले भने जस्तै जस्तै हुन्थ्यो, नत्र औसत । केही राम्रा भए, केही भएन्न्। आफ्नै हस्ताक्षर जस्तो। नेपालमा चलचित्र बनाउनु जुवा खेल्नु सरह नै हो । पुराना ठुला निर्माताहरू सबै चलचित्र बनाउन हिच्किचाउनु हुन्छ, नँया आउनु हुन्छ र डराउनु हुन्छ । धेरैका घरबार बिर्गीएका छन् । फिल्म चलेका आफ्नै निर्माता साथीहरूलाई सोध्छु, पैसा उठेको छैन भन्नु हुन्छ, एकदम चलेकोलाई सोध्छु, बिदेश राईटस् जोडेर लगानी उड्छ अब भन्नु हुन्छ । यो कलाकार यतिमा साईन भो, यो सर्बा्धिक महँगो भनेर न्यूज आउछ, पैसा धेरै लेको राम्रो तर सुनको अण्डा पार्ने निर्माताले जस्तै हरेक चलचित्रले रिलीज पछी पनि २(४ वटा तेस्तै अण्डा पारे कति रमाईलो हुन्थ्यो। राम्रो कलाकार भएर भन्दा नि मँहगो कलाकार बन्ने होडबजी चलेर हो की? फेरी ३० लाख ४० लाखको न्यूज आउछ,(अहिले पनि अर्को २०(३० लाख त्यसमा थपे राम्रै फिल्म बन्छ हजुर ) औसत लगानी लिएर चलचित्र बनाउने मेकर्स पनि अब पछी हट्ने सम्भावना बनेको छ। निर्माता जोगिएर पैसा आए त ठिकै हो तर खै आम्दानी ? हरेक बर्ष १०० वटा मा जम्मा ५(७ चलचित्रका निर्माताको लगानी जोगिन्छ । बरू चलचित्र बजार बिस्तार गरेर विश्वभर नेपाली भाषीमाझ निरन्तर पुर्याउने जमर्को गर्ने, अर्थपूर्ण र कलात्मक चलचिर्ण निर्माण गर्ने ( कसरी हुन्छ चलचित्र उधोगका सबै सदस्य फस्टाउने बातावरण बनाउनलाई पनि उत्तिकै जोड दिनु पर्छ । परिवर्तन ल्याउन गार्हो छ, राम्रो सिस्टम बसाल्न झनै गाह्रो ।

नढाँटी भनम् कुनै बेला आफूले खेलेका चलचित्रको लगानी उठेन भन्दा लगानीकर्तालाई सम्झेर मन अमिलो हुन्थ्यो।अहिले पनि हुन्छ।

शायद् चलचित्र खेल्न त्यसैले पनि डर जस्तो लाग्छ । सबैकुरा समाजिक संजालमा देखिए जस्तो सम्पन्न र सुरक्षित भई दिए कति जाती हुन्थ्यो । तर सबै सधै यस्तै नरहला ।