पत्नी पीडित पुरुषका कथाः कतै हत्या, कतै पति घाईते श्रीमति फरार

299

नयाँ नेपाल न्यजु
फागुन १८,
काठमाडौं । नेपालमा महिलालाई कानुनले धेरै अधिकार दिएको छ । तर केही अपराधीक मानसिकता भएका महिलाहरुले यसको गलत फाईदा उठाई रहेका छन् । परपुरुषसँग प्रेम सम्बन्ध राखेकी एक विवाहित महिलाले आफनो प्रेमलाइ सकार पार्न आफनै श्रीमानको हत्या गर्ने प्रयास गरेकी छन् । बीरगन्जमा गएराति गोली प्रहारबाट गम्भीर घाइते भएका पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवाटोल स्थायी घर भइ हाल वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेश प्रसाद चौरसियालाइ उनकै श्रीमति प्रियंका चौरसियाले आफनो प्रेमीसँग मिलेर गोली हान्न लगाएको तथ्य बाहिर आएको हो । दश वर्ष वैदेशिक रोजगारी गरेर स्वदेश फर्किएर धागोको व्यापार गर्दै आएका उमेश, ब्यापारको सिलसिलामा बुटवल गएर गएराति घर फर्किदै थिए । कोखामा करिब ४०र४५ वटा जति गोलीको छर्रा लागि घाइते भएका चौरसीयाको काठमाण्डौको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । घाईते चौरसियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा अत्याधिक रक्तस्राब हुनाका साथै रक्तचाप समेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको नारायणी उपक्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ । गोली प्रहार गर्ने बीरगन्ज १२ मुर्लीका २५ वर्षिय मुन्ना साह, बाराको परवानीपुर गाँउपालिका १ का २७ वर्षीय मनोज गुप्ता, उमेशकी श्रीमती प्रियंका र प्रियंकाका प्रेमी बाराको परवानीपुर १ का २४ वर्षीय बिकेन्द्रकुमार गुप्तालाइ प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रियंकासँग बिहे गरेलगत्तै बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए । त्यहीबेला उनकी श्रीमती प्रियंका र वीरगन्जको अपोलो ट्रमा सेन्टरमा सिएमए पदमा कार्यरत बिकेन्द्रबीच प्रेम सम्बन्ध बसेको थियो । उमेश बैदेशिक रोजगारीबाट स्वदेश फर्किएपछि उनको हत्या गरि आफुहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने नियतले प्रियंका र बिकेन्द्रले उमेशको हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ । सोही योजनाअनुसार उमेशकी श्रीमती प्रियंका र बिकेन्द्रले उमेशको हत्या गर्नका लागि मनोज गुप्तालाइ एक लाख रुपैयाको सुपारी दिएका थिए । उनीहरुले मनोजलाइ हत्याको तयारीका लागि २५ हजार रुपैयाँ नगद दिएको र त्यही रकमबाट मनोजले ११ हजार रुपैयाँमा १२ बोरको नलकटुवा पेस्तोल र एक राउण्ड गोली खरिद गरेका थिए ।

त्यसैगरि गुल्मीमा अर्को त्यस्तै घटना भएको छ । गत जेठ १५ गते साँझ तम्घासको पुरानो वसपार्कको गौडो ओर्लिने क्रममा गमबहादुर खत्री लडे । दायाँ खुट्टा खुस्कियो । उनी अपाङ्ग भए । काम गर्न नसक्ने भए । विहान–वेलुका गुजारा चलाउन मुस्किल भयो । खुट्टाको उपचार गर्न नसकेर मोटा–घाटा गमबहादुर दुब्लाउँदै गए । टिठ लाग्दो अनुहार लिएर सडकमा चन्दा माग्न गए । विरामी श्रीमान छाडेर २० दिन अघि देखि उनकी श्रीमति वेपत्ता भइन् । उनी कहाँ पुगिन, कसैलाई अत्तोपत्तो छैन । गमबहादुर श्रीमति खोजीरहेका छन् । गमबहादुरको उद्धारका लागि चिया पसले विष्णुबहादुर चन्दले पहल थाले । प्रहरीसँग चन्दा संकलन सुरु गरे । प्रहरीकै सहयोगमा १० हजार संकलन भयो । अहिले उपचारका लागि पाल्पा मिशन अस्पताल पठाईएको छ । ‘सो रकमले उनको उपचार सम्भव छैन ।’ सहयोगी चन्द भन्छन्, ‘उनको उपचारमा डेढ–दुई लाख लाग्छ ।’ चन्दाका अनुसार गमबहादुरका अरु सन्तान काम गरेर खान सक्ने भए पनि कोठामा रहेका कान्छो सन्तानको विचल्ली भएको छ । ‘श्रीमतीले पाखुरो बलियो होउञ्जेल उनको साथ दिइन् । अहिले जुन वेलास्याहार सुसारको आँचो छ । यही बेला छाडेर हिडिनँ’ चन्दले भने । गमबहादुर भण्डै १५ वर्ष देखि सदरमुकाम तम्घासमा बस्थे । होटलमा ‘कुक’ को काम गर्थे । गुल्मी अर्लाङ्गकोटका उनले विभिन्न होटलमा ‘कुक’ कै काम गरेर पाँच सन्तान हुर्काएका थिए । श्रीमतीले पनि मजदुरी गर्थिन ।

उता बाकेंमा जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ । घटना रहस्यमय भएकाले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । उनले मृतक कुर्कुटले लामो समयदेखि मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरी यातना दिएकाले सहन नसकेर श्रीमान्को हत्या गरेको पतंगीले प्रहरीसमक्ष स्वीकारेकी बताए ।
यी त प्रतिनिधि पात्रमात्र हन् । त्यस्ता धेर्र घटनार छन् । जुन बाहिर आउन सकिरहेका छैनन् ।