आज रङगहरुको पर्व होली, हर्षोल्लासका साथ मनाइदैं

149

फागुन १७,
काठमाडौं । आज फागूपूर्णिमा अर्थात होली । पहाडी भेगमा हर्षोल्लासका साथ मनाइँदैछ । आज काठमाडौ उपत्यका सहित पहाडी जिल्लामा विशेष महत्वका साथ मनाउने गरिन्छ। भने भोली तराईमा होली मनाइन्छ ।
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।
हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । होलीलाई खुशीको पर्वका रुपमा मनाउने भएकाले विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ । फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन्।
होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ । काठमाडौंको वसन्तपुर दरबार अगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरु भएको मानिन्छ । काठमाडौं उपत्यका विभिन्न स्थानमा होली विशेष कार्यक्रमको आयोजना गरिएको छ ।