भक्तपुरमा जुवाको खालबाट प्रिन्सीपल सहित ६ जना पक्राउ

484

नयाँ नेपाल न्युज
माघ २०,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट एक निजि विद्यालयका प्रार्चाय सहित ६ जनालाई पक्राउ गरेको छ । शुक्रबार तास खेलिरहेको समयमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित सानुभाई श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालमा एक निजि विद्यालयका प्रार्चाय बिक्रम थापा सहित अन्य छ जना छन् । जसमा चाँगुनारायण ७ बागेश्वरीका ५६ वर्षका सानुभाई श्रेष्ठ, सोही स्थानका ३५ को रमेश खड्का, सोही नगरपालिका ८ का ४६ वर्षका राजकुमार खड्का, ३५ वर्षका सुमन खड्का, ४५ वर्षका राम खड्का, ३१ वर्षका च्यान्टे भनिने दिपेश खड्का रहेका छन् ।
तास खेलिरहेको भन्ने सुचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट सिनियर प्रहरी अधिकृत सहितको प्रहरी टोली खटी गई तास खेल्ने खेलाउने कार्यमा संलग्न निम्न ७ जना व्यक्तिहरु नियन्त्रणमा लिई खानतलासी गर्दा तास बुक २ थान, र नगद दुई लाख सन्तावन्न हजार पाँच सय बीस रुपैंया बरामदगरेको छ ।
उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी परिसर भक्तपुरले बताएको छ ।