Thursday, October 1, 2026
Home समाचार सूर्यविनायक नगरपालिकालको सरसफाई अयिभान

सूर्यविनायक नगरपालिकालको सरसफाई अयिभान

258

माघ २०,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले शनिवार नगरक्षेत्र भित्र पर्ने अरनिको राजमार्ग सरसफाइ अभियानको शुरुवात गरेको छ । नगरपालिकाले राधे राधे चोक, पाण्डोबजार चोक र पलासे चोकमा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि स्थानीय नागरिक समाजका अगुवा नगरपालिकाको कर्मचारीहरुको उपस्थितिमा नगरपालिका क्षेत्रको अरनिको राजमार्ग सरसफाई गरेको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकालाई स्वच्छ, सफा बनाउने अभियान स्वरुप शनिवारदेखि सरसफाई अभियान थालिएको बताउनुभयो । थापाले आज सरफाईको शुरुवात मात्र भएको भन्दै यो यस अभियानले निरन्तरता पाउने बताउनुभयो । सो अवसरमा नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटा, नगरपालिकाका प्रवक्ता उपेन्द्र केसी र नागरिक समाजमा अगुवाहरुले सबैको साथ भए नगरपालिकालाई सफा नगर बनाउन समय नलाग्ने बताउनुभयो । हालै नगरपालिकाको सम्पन्न दोस्रो नगरसभाले फोहोरमैला व्यवस्थापन नियमावली निर्माण गरी नगर क्षेत्रलाई सफा राख्नका लागि अभियान सञ्चालन गर्ने निर्णय भए अनुसार नगरपालिकाले सरफाई अभियान सञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिीवी तिम्सिनाले जानकारी दिनुभयो । नगरपालिकाले १० वटै वडामा सरसफाई समिति निर्माण गरिएको र उक्त समितिले स्थानीयस्त्तरबाट उत्सर्जन हुने फोहोरलाई संभवभएसम्म स्थानीय तहमा नै व्यवस्थापन गर्ने प्रयास थालनी गरीसकेको छ ।