मायाजालले गयो मन्त्री पद, विमलाले दिइन् राजीनामा

120

काठमाडौं । माया प्रेमको कारणले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिन बाध्य भएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री रहेकी ओलीले सोमबार मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्, स्र्रोतले भन्यो ।
गएको जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघिनै उनले राजीनामा दिएकी हुन् ।