गच्छदारले आज शिवलाल थापालाई भित्र्याउँदै

322

चैत्र २३, काठमाडौं ।
अस्ति २० गते नयाँ शक्तिबाट ३२ जना केन्द्रिय सदस्य सहित १ हजार नेता कार्यकर्तालाई नेपाल लोकतान्त्रिक फोरममा भित्र्याका अध्यक्ष विजय कुमार गच्छदारले आज व्यवस्थापिका संसदमा २ सांसद भएको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) लाई भित्र्याउँदै छन् । दिउँसो १ बजे पार्टी कार्यलय तीनकुने नजिकै रहेको मन्डला व्यङ्किटमा २ पार्टी बीच एकिकरण हुँदै छ । शिवालाल थापा नेतृत्वको जनमुक्ति पार्टीको एकिकरण पछि लोकतान्त्रिक फोरम संसदमा ५ औं ठूलो दल र संसदमा १६ सांसद भएको दल हुनेछ । संसदमा प्रतिनिधित्व गर्ने केहि दलहरुसंगको छलफल अन्तिम चरणमा पुगेको र संसदमा प्रतिनिधित्व गर्ने दलहरु संसद बाहिर रहेका दलहरुसंग पनि छलफल जारी रहेकाले अन्य दलहरुसँग पनि एकिकरण हुँदै जाने कार्यक्रम रहेको अध्यक्ष गच्छदारले बताए ।