‘न्यू इयर’को पहिलो सूर्योदय नगरकोटबाट

475

पुस ३,
भक्तपुर । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । भ्रमण वर्ष सुरु हुन् १२ दिन बाकीँ रहेको छ । भक्तपुर विहिबार जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सरोकार वालाहरुले भम्रण वर्ष सफल बनाउन एक जुट हुनु पर्ने धारणा राखेका छन् ।
संघीय सांसद महेश बस्नेतले भ्रमण वर्ष सुरु हुन केही दिन मात्र बाकीँ रहेकाले पूर्वाधार बनाउन बाकीँ भएका स्थानमा यथाशिघ्र गर्नु पर्ने बताए । पर्यटनको माध्यमबाट नै मुलुको आर्थिक संम्वृद्धिमा टेवा पुग्ने भएकाले त्यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ । भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायतले स्थानीय कला संस्कृतिको संरक्षण गर्दै पर्यटनको विकाशमा लाग्नु पर्ने बताएका छन् । अघिल्लो दिन भक्तपुरको पााचतले मन्दिर परिसरमा दीप प्रज्वलन गर्ने समन्वय प्रमुख गेलालले बताए । उक्त अवसरमा भक्तपुर रहेका ४५ वटा पर्यटकिय गन्तव्यहरुको पहिचान गरिएको थियो ।

न्यू इयरको पहिलो सूर्य नगरकोटबाट
यसैगरि नगरकोट नाल्दुम पर्यटन विकाश समितिले चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिकाको सहयोगमा भ्रमण वर्षको पहिलो दिन जनवारी १ (पुस १६ गते) न्यू इयरको पहिलो सूर्योदय नगरकोटमा भन्ने विषेश कार्यक्रम गर्ने भएको छ । समितका अध्यक्ष नविन गुरुङ्गका अनुसार उक्त दिन सूर्योदयसंगै नेपाली सेनाको हेलिकप्टरबाट भ्रमण वर्षको लोगो अंकित झण्डा फहराउने कार्यक्रम रहेको छ ।
भ्रमण वर्षको प्रचार गर्न नगरकोट–चाँगुनारायण हाइकिङ्ग गर्ने कार्यक्रम समेत रहेको उनले बताए ।
समितिका कोषाध्यक्ष विष्णु लामाका अनुसार भ्रमणमा नगरकोटमा रहेका होटलहरुले पर्यटकहरुलाई आर्कषक प्याकेजको व्यवस्था गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।