महिलाको रहस्यमय मृत्यु

396
सांकेतिक तस्विर

चैत १७,
प्यूठान । आफ्नै घरमा आज विहान एक महिलाको संकास्पद शव फेला परेको छ । प्यूठान नगरपालिका १० मरन्ठाना निवासी ५३ बर्षिय शिवा शर्मालाई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । रातीसंगै सुतेका श्रीमान बामदेवले बिहान मृत्यु भएको जानकारी गराएपछि प्रहरी टोली घटना स्थल पुगेको थियो । श्रीमान श्रीमति दुवैले सधैजसो मदिरा सेवन गरी झगडा गर्ने हुँदा श्रीमानले हत्या गरेको हुन सक्ने स्थानीयले बताएका छन् । उक्त शवलाई जिल्ला अस्पतालमा पोष्टमाटम गरी आफन्तको जिम्मा लगाइएको छ । उनको श्रीमानलाई सोधपुजको लागि नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख रञ्जित सिंह राठौरले जानकारी दिए ।