सुकुम्वासी बस्ती हटाउन पुग्दा फुट्यो प्रहरी प्रमुख पाण्डेको टाउको

66

काठमाडौं । सोमबार थापाथली स्थित सुकुम्वासी बस्तीमा डोजर लगाउन पूग्दा काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे घाइते भएका छन् ।

जोडर सहित वस्ती पुगेका नेपाल प्रहरी र महानगरको प्रहरीमाथि सुकुम्वासीहरु जाइ लाग्दा प्रहरी प्रमुख पाण्डे घाइते हुुनुभएको हो । सुकुम्वासीको बस्ती पुग्नासाथ पाण्डेमाथि ढुंगा प्रहार गरेका थिए ।

पाण्डेको टाउकोमा चोट लागेको छ । उहाको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । ‘म वस्ती हटाउने क्रममा बस्तीमा पुगेको थिएँ । गेटमा पुगेका सुकुम्वासीले ममाथि प्रहार गरे–घाइते अवस्थामा रहेको कामपा प्रहरी प्रमुख पाण्डेले नेपाल समाचारपत्रसंग भन्नुभयो । उहाँले जस्तो सुकै परिस्थिति आएपछि सो बस्ती हटाएरै छाड्ने बताउनुभयो ।