दिपेश गौतमको ‘मन पर्यो’ रोमान्टिक भिडियो सार्वजनिक

651

चैत्र ७ काठमाण्डौं ।
गायक दिपेश गौतमको दोस्रो प्रस्तुती स्वरुप मन पर्यो बोलको गीतको भिडियो दर्शक तथा श्रोता सामु सार्वजनिक गरिएको छ । गीतमा रोमान्टिक तरिकाबाट केटाले केटीलाई सुन्दरताको वर्णन गर्दै माया पिरतिका कुरा गरेको शब्द तथा दृष्य प्रस्तुत गरिएको छ । गीतको भिडियोमा केके अधिकारी र मोडल क्रिष्टिना थापाको जीवन्त अभिनय रहेको छ । भिडियोमा केके र क्रिष्टिनाको जोडीको साढे ३ मिनेटको भिडियोले भरपूर मनोरञ्जन दिलाएको छ ।
गीतमा मिन गुरुङको शब्द तथा संगीत रहेको छ भने केदार धितालले निर्देशन गरेका छन् । अर्जुन तिवारीको छायांकन, रोहित बस्नेतको कोरियोग्राफी र निशान घिमिरेको सम्पादन रहेको भिडियोले यति बेला बजारमा राम्रो चर्चा बटुलेको छ । दमक ९ का दिपेश गौतमको सजिलै हुन्छ माया पछिको यो दोस्रो गीत हो ।
Click here to watch video