गाजलु ति नयन

652

भावना घिमिरे
गाजलु ति नयनमा मलाई लुकायौ कि
कतै हाम्रो चर्चा चली सिर पो झुकायौ कि ।
कति प्रहार गरे होलान् बचन रुपि बाण
रुदारुदै कठै तिमीले ओठ पो सुकायौ कि ।
हामीलाई पनि हक छ अरु सरह रम्ने
भक्कानिदै कतै तिम्ले बोल्न पो छुटायौ कि ।
दुई मायाको दोस भयो मन पो दुखायौ कि
ओभानो ति तिम्रा नयान तलाउ जुटायौ कि ।।
-बिराटनगर