Sunday, September 27, 2026
Home अपराध अफिमसहित युवक पक्राउ

अफिमसहित युवक पक्राउ

222
सांकेतिक तस्विर

फागुन ३०,
भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले विशेष सुराकीका आधारमा मुडा बजार क्षेत्रमा बाजुरा रुगिन–४ बस्ने वर्ष ३७ को बिर्ष कार्कीलाई खान तलासी गर्दा निजले बोकेको झोलामा उक्त परिणाममा अफिम भेटिएको ब्युरोले जनाएको छ । प्रहरीले अफिमसहित पक्राउ परेका कार्कीलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुख्खडको जिम्मा लगाएको जनाएको छ ।