चलचित्र पत्रकार संघमा सापकोटाको नेतृत्व

296

त्व
काठमाडौं र चलचित्र पत्रकार संघको सातौं महाधिवेशनले सन्दिप सापकोटामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार राजधानीमा सम्पन्न साधारणसभाबाट अध्यक्षका अर्का प्रत्यासी लक्ष्मण सुवेदीलाई २१ मतले पराजित गर्दै सापकोटा नेतृत्वमा आएका हुन् ।
जम्मा १ सय २० सदस्य रहेको संघको सातौं अधिवेशनमा कार्य समितिको लागी भएको निर्वाचनमा कुल १ सय १७ मत खसेको थियो । जहाँ अध्यक्षमा सापकोटाको पक्षमा ६८ मत खस्यो भने सुवेदीको पक्षमा ४७ मत आयो । यस्तै संगठन तर्फको उपाध्यक्षमा दिनेश सिटौला निर्विरोध हुँदा कार्यक्रम तर्फको उपाध्यक्षमा श्याम अर्यालले अशेष अधिकारीलाई पछि पारे ।
अर्यालको पक्षमा ७० मत आयो भने अधिकारीको पक्षमा ४३ मत खसेको थियो । महिला उपाध्यक्षमा गीता अधिकारी ९८२० ले शारदा थापा ९३२० लाई पछि पार्दै विजयी भईन् । यस्तै महासचिवमा अनिल यादव ९५८० ले विजय सुवेदी ९५६० लाई पछि पार्दै स्थान सुरक्षित गरे ।
सचिव पदमा फिल्मीखबरकर्मी बैकुण्ठराज पराजुलीले कुबेर गिरीलाई ३१ मतको अन्तरले पछि पार्दै विजयी भए । पराजुलीको पक्षमा ७० मत आउँदा गिरीको पक्षमा ३९ मत खसेको थियो । समावेशी सचिवमा समिर बलामी निर्विरोध चयन भएका छन् ।
त्यस्तै कोषाध्क्षमा कुवेर डंगोल निर्बिरोध, सह(कोषाध्यक्षमा जिवन पराजुली निर्बिरोध, सचिव ९समावेशी० मा समिर बलामी निर्बिरोध भए । त्यस्तै, केन्द्रीय सदस्यमा उत्सव रसाइली, बर्षा बस्नेत, बाबु सुरेश दुलाल, कृष्ण भट्टरार्इ , विकाश लामिछाने, मनिष कार्की विजयी हुँदा केन्द्रीय समाबेशीमा बिशाल राई र महिलातर्फबाट दिपज्योति थापा निर्बिरोध भए ।
चलचित्र पत्रकार संघ, नेपालको सातौं अधिवेशनबाट केन्द्रीय सभासदमा डब्बु क्षेत्री, राजन घिमिरे, शान्तीप्रिय, सुब्रतराज आचार्य, विदुर गिरि, धनबहादुर खड्का, अशोकप्यासी राई, विष्णुप्रसाद सुवेदी र निमेश गौतम विजयी हुँदा महिला तर्फबाट स्वस्तिका पन्थी चिलवाल, जयन सुब्बा मानन्धर र रश्मि थापा ९लक्ष्मी० निर्बिरोध निर्वाचित भए ।
प्रदेश सभासद पदका लागि राजेश खनाल, मनोज केसी, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, आर।डी। श्रंखला, अमृत पुडासैनी, मञ्जु गैरे, याम कुमारी पुरी, सन्ध्या थापा, राजेन्द्र लुइँटेल, पुष्पा थापलिया, सुरज खड्का, चिरन्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनिल थापा निर्बिरोध भएका छन् ।
सधैंजसो चलचित्र तथा यस सम्बद्ध कार्यक्रममा रिपोर्टिङको दौडधुपमा हुने चलचित्र पत्रकारहरु बुधबार भने आफ्नै नेतृत्व चयनको लागी दिनभर व्यस्त रहे । विजयी भएपश्चात मन्तव्य राख्दै नव निर्वाचित अध्यक्ष सापकोटाले भोलीका दिनमा संघको गरिमा उच्च पार्न तथा सम्पुर्ण सदस्यहरुको पेशागत सुरक्षा र हक हितको लागी नयाँ नेतृत्व लागी पर्ने बोले । अग्रजलाइ सम्मान गर्दै नयाँलाई प्रोत्साहन पुग्ने किसिमका कामहरु गर्नमा आफ्नो क्रियाशिलता रहने उनको भनाई थियो ।
तश्विरः ठुलोपर्दा डटकम