आमाहरुले बनाउदै छन् यस्तो योजना

314

बागलुङ । लागुपदार्थ दुव्र्यसनीलाई निरुत्साहित गर्न यहाँका आमाहरु सङ्गठित बन्न थालेका छन् । लागुपदार्थ दुव्र्यसनीमा दिनप्रतिदिन युवा फस्दै जान थालेपछि आमाहरु सचेतनासँगै अभियानमा सङ्गठित हुन थालेका हुन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारमा सञ्चालित आदर्श सञ्चार सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयको समन्वयमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ अभियान सुरु गरेको हो । आमाहरुमार्फत दुव्र्यसनी रोक्ने प्रयासस्वरुप अभियान सुरु गरेको सहकारीले जनाएको छ ।
आफ्ना सन्ततिलाई लागुपदार्थ दुव्र्यसनीबाट बचाउन ‘दुव्र्यसनविरुद्ध आमाहरु’ कार्यक्रम प्रभावकारी हुने सहकारीको विश्वास छ । अभियानका क्रममा लागुपदार्थ दुव्र्यसनी, दुव्र्यसनका लक्षण, दुव्र्यसनबाट व्यक्ति, परिवार, समाज र राष्ट्रमा पर्ने असर, यसबाट जोगिने र जोगाउने विविध उपायका बारेमा जानकारी दिइएको छ । यसका साथै आमाहरुसँग अन्तक्र्रिया गरी दुव्र्यसन रोक्ने कार्ययोजनासमेत बनाइने सहकारीका अध्यक्ष अमर थापाले बताए ।
सहकारीले पहिलो चरणमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ अभियान बागलुङ नगरपालिकाका ११ वटै वडा र सात गाविसमा पु¥याउने कार्ययोजना बनाएको छ । पहिलो चरणमा नगरपालिकाका साथै पाला, धम्जा, भीमापोखरा, तंग्राम, सिगाना, रेश, रायडाँडा गाविसमा अभियान सञ्चालन गरिनेछ ।
संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रमअन्तर्गत सञ्चालित अभियानका लागि रु दुई लाख बजेटसमेत विनियोजन गरेको छ । सहरका साथै गाउँगाउँमा समेत दुव्र्यसनीको सङ्ख्या बढ्दै जान थालेपछि नयाँ पुस्तालाई दुव्र्यसनमा जानबाट रोक्न र फसेकालाई त्यसबाट सहज अवस्थामा ल्याउन अभियान थालिएको संस्थाका प्रबन्धक रामबहादुर जिसीले बताउनुभयो । यो कार्यक्रमबाट १० हजार मानिसका बीचमा सहकारीलाई पु¥याउने उद्देश्य राखेको संस्थाले जनाएको छ ।