कोइलाखानी विस्फोटमा एघारको मृत्यु

252

एजेन्सी । युक्रेनमा बिहीबार भएको कोइलाखानी विस्फोटमा परी ११ जना कामदारको मृत्यु भएको युक्रेनले जनाएको छ । विस्फोटपछि करिब २० जना कामदार खानीभित्र फसेका छन् ।
घटनास्थलबाट छ जनालाई घाइते अवस्थामा उद्धार गरिएको युक्रेनी अधिकारीले बिहीबार बताएका छन् । युक्रेनको लभिव क्षेत्रमा रहेको खानीमा स्थानीय सयमअनुसार मध्याह्नमा करिब ३५ जना कामदार कार्यरत रहेका बेला उक्त विस्फोट भएको थियो ।
खानीमा फसेका मजदुरको उद्धारका लागि स्थानीयसहित युक्रेनी सुरक्षाकर्मी घटनास्थलमा पुगी उद्धार कार्य जारी राखिरहेका बताइएको छ ।