सुनसरीमा एमाले नेता नेपाल सहभागि कार्यक्रममा तनाव

153

पुस २५,
सुनसरी । एमालेको जारी मधेस घरदैलो कार्यक्रम अन्तर्गत सोमबार माधव कुमार नेपाल सहभागि कार्यक्रममा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि तनाव भएको छ ।
सुनसरीको हरिनगरमा आयोजित कार्यक्रममा सहभागि नेपाललाई मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि तनाव भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्न नेपाल मञ्चतर्फ अघि बढ्दै गर्दा मोर्चाका कार्यकर्ताले ढुंगामुढा सुरु गरेका थिए भने सो लगत्तै प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षीय झडप सुरु भएको थियो ।
झडपका क्रममा केहि मधेसी मोर्चाका कार्यकर्ता घाइते भएको बताइएको छ भने मार्चाका नेपाल नेतावका बीच पनि कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।