आज उपत्यकाको छ क्याम्पस स्ववियु चुनाव हुने

317

फागुन १८,
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तोकेको दिन बुधबार काठमाडौं उपत्यकाका ६ ओटा क्याम्पसमा मात्र चुनाव हुने भएको छ ।
बिहान ७ बजेदेखि मतदान हुने भनिएपनि केही प्राविधिक व्यवस्थापन नमिलेकाले ढिला सुरु भएको छ ।
भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुर, सानोथिमी क्याम्पस थिमी भक्तपुर, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, काठमाडौं नर्सिङ क्यम्पसमा स्ववियु चुनावमा मतदान भइरहेको छ ।
काठमाडौंका धेरै विद्यार्थी रहेका क्याम्पसहरु शंकरदेव, त्रिचन्द्र, नेपाल कमर्स, रत्न राज्यलक्ष्मी, त्रिवि केन्द्रीय क्याम्पस लगायतका क्याम्पसमा पनि विभिन्न संगठनले गरेका तालाबन्दीका कारण आज स्ववियु चुनाव नहुने भएको छ ।
त्यसैगरि जनप्रसासन क्याम्पसमा चुनाव हुने भनिएपनि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार बेलुकी तालाबन्दी गरेकोले मतदान रोकिएको छ ।
त्यस्तै आयुर्वेद क्याम्पस कीर्तिपुरमा पनि अनेरास्ववियु, नयाँ शक्ति विद्यार्थी युनियन लगायतले तालाबन्दी गरेका छन् ।
मतदानको अघिल्लो दिन क्याम्पस प्रसासनले धाँधली गरेको भन्दै तलालगाइएको हो ।
रोकिएका क्याम्पसहरुमा कहिले मतदान हुन्छ भन्ने अन्यौल रहेको छ ।