Saturday, September 26, 2026
Home Uncategorized बिहानै बालुवाटारमा सत्तारुढ दल र मधेसी मोर्चाको छलफल

बिहानै बालुवाटारमा सत्तारुढ दल र मधेसी मोर्चाको छलफल

285

फागुन १७,
काठमाडौं । संविधान संशोधन विधेयक र स्थानीय निकायको चुनावको बारेमा सत्तारुढ दलले मधेसी मोर्चासँग छलफल गर्दै छन् । आज मंगलबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाबिच संविधान संशोधन विधेयक र स्थानीय निकायको चुनावको बारेमा छलफल हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संसदमा दर्ता भएको संशोधन विधेयकमाथि सत्तापक्षबाटै अलग–अलग संशोधन दर्ता भएपछि सहमति खोज्न दलहरु छलफलमा जुटेका हुन् । मधेसी मोर्चा्भित्रको सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले पारित हुने ग्यारेन्टी नभएको संशोधन प्रक्रियामा सहभागी नहुने जनाएपछि मोर्चाका अन्य दलले तराई मधेसका सबै जिल्लालाई दुई प्रदेशमा समेट्ने गरी प्रदेशको सीमांकन मिलाउने संशोधन दर्ता गराएका छन् ।