Friday, October 9, 2026
Home Uncategorized ३ करोडको कोकिन बोकेर आएकी महिलासहित दुई विदेशी ठमेलबाट पक्राउ

३ करोडको कोकिन बोकेर आएकी महिलासहित दुई विदेशी ठमेलबाट पक्राउ

368

cocaine-3
काठमाडौं– ब्राजिलबाट ल्याएको करिब तीन करोड मुल्य बराबरको कोकिन सहित दुई मलेशियन नागरिकलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मलेशियाका ३० बर्षिया महिला एलिस जोसेफ र २८ बर्षिय मागेन्थिरन रहेका छन् । मंगलबार साँझ ठमेलको चाक्सिबारी स्थित एक होटलमा बास बस्न पुगेकी एलिसलाई भेट्न मागेन्थिरन उनको कोठामै पुगेका थिए । ‘हामीले दुवैलाई होटलबाट पक्राउ गरेका हौं,’ लागु औषध नियन्त्रण ब्युरोका प्रमुख डिआईजी जय बहादुर चन्दले भने, ‘एलिसले ब्राजिलबाट ल्याएको डेढ किलो कोकिन मागेन्थिरनलाई हस्तान्तरण गरिरहेको अवस्थाम हामीले फेला पारेका थियौं ।’ मलेशियामा रहेकी आफ्नी साथी ताराले बारम्बार अनुरोध गरेपछि ब्राजिल पुगेकी एलिस कोकिन भएको झोला लिएर मंगलबार करिब चार बजे त्रिभुवन विमानस्थलमा ओर्लेकी थिइन् । नेपाल ओर्लनासाथ प्रहरीको निगारनीमा परेकी एलिस र मागेन्थिरनलाई ब्युरोको टोलीले साँझ ८ बजे नियन्त्रणमा लिएको थियो ।